तीन दिनको गिरावटपछि सम्हालियाे सेयर बजार: १.७७ अंकले बढ्यो नेप्से, ३ अर्बकाे काराेबार
काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा झिनाे अंककाे सुधार देखिएकाे छ। लगातार ३ दिन घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से आज १.७७ अंकले घटेर २७ सय ३१ दशमलव ९४ काे बिन्दुमा राेकिएकाे हाे ।
नेप्से झिनाे अंकले बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ। आज ३३८ कम्पनीकाे ७९ लाख ३४ हजार ४४ कित्ता सेयर खरिद बिक्रि हुँदा ३ अर्ब ९ कराेड ७९ लाख ५३ हजार रूपैयाँकाे काराेबार भएकाे छ।
हिजाे ३३६ कम्पनीकाे ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ३ अर्ब २८ कराेड ७३ लाख ९७ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।
आज वाणिज्य बैंक, फाइनान्स, हाेटल तथा पर्यटन, हाइड्राेपावर, निर्जीवन बीमा, व्यापार र अन्य समुहका उपसूचक बढेका छन् भने बाँकी उपसूचक घटेका छन् ।
यसदिन १२७ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १२० कम्पनीकाे सेयर मूल्य घटेकाे छ। २२ वटा कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ।
आज ७ प्रतिशत नबिल डिबेन्चर २०८९ काे सेयर मूल्य ७.७१ प्रतिशत बढेकाे छ भने युनियन हाइड्राेपावरकाे मूल्य सर्वाधिक १४.७९ प्रतिशतले घटेकाे छ।
















