साताको अन्तिम कारोबार दिन १६.३८ अंकले बढ्याे नेप्से, पाैने ५ अर्बकाे काराेबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। हिजो १२.३६ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज १६.३८ अंकले बढेर २७ सय ५८ दशमलव ४९ बिन्दुमा पुगेको छ।
आज व्यापार समुह बाहेक सबै समुहकाे उपसूचकमा हरियाली छाएकाे छ। यसदिन जलविद्युत समुहकाे उपसूचक १.२९ प्रतिशतले बढेकाे छ।
आज २०३ वटा कम्पनीको शेयर बढ्दा ५७ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
यसदिन सर्वाधिक क्रेष्ट माइक्राे लाइफ इन्स्याेरेन्सकाे सेयर मूल्य १४.८१ प्रतिशत बढेकाे छ भने माबिलुङ इनर्जीकाे सेयर मूल्य ९.३५ प्रतिशत बढेकाे छ।
आज काराेबार रकममा पनि सुधार देखिएकाे छ। यसदिन ३३६ कम्पनीकाे १ कराेड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ कराेड ८५ लाख १६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।
हिजाे ३४८ वटा कम्पनीका ८९ लाख ५५ हजार कित्ता शेयर ३ अर्ब ८९ करोड रुपैयाँमा किनबेच भएको थियो ।
















