बजेट अघि बढ्यो करिब २८ अंकले नेप्से, कारोबार करिब ६ अर्ब  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

बजेट अघि बढ्यो करिब २८ अंकले नेप्से, कारोबार करिब ६ अर्ब 



काठमाडौं । बजेटको मुखका शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २८ अंकले बढेको छ । आज नेप्से १ प्रतिशतले बढ्दा नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर कारोबार भएको छ । 

आज म्युच्युअफ फण्ड बाहेका सबै उपसूचकमा हरियाली छाएको छ । यसदिन हाइड्रोपावर १५०, उत्पादन तथा प्रशोधन १.३५, अन्य १.२३ र होटल तथा पर्यटन समुहको उपसूचक १.०२ प्रतिशत बढेको छ।

आज २३५ वटा कम्पनीको शेयर बढ्दा २८ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज अंकु खोला जलविद्युत कम्पनीले सर्वार्धिक ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्