शेयर बजारमा फर्कियो रौनक, नेप्से २२ अंकले बढ्यो  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

शेयर बजारमा फर्कियो रौनक, नेप्से २२ अंकले बढ्यो 



काठमाडौं । बजेट पछि खुलेको पहिलो बजार घटेपछि आज दोस्रो बजार भने बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अंकले बढेर बन्द भएको हो । 

आज नेप्से ०.८० प्रतिशतले बढेर परिसूचक २७७७.५८ विन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ५ अर्ब २६ करोड ३८ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८३ हजार ४३१ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार बन्द हुँदा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८० वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३४६ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ५०७ पटक शेयर किनबेच भएको छ । 


प्रतिक्रिया दिनुहोस्