उच्च फिचरसहित ४५ लाखमै आयो लिममोटरको बीओ ३ एक्स, ५०५ किलोमिटर रेन्जको एसयुभी !
काठमाडौँ । नेपाली अटो मोबाइल बजारमा यस्तो इभी गाडी भित्रिएको छ । जसलाई उपभोक्ताले न्यून मुल्यामा सहज स्वीकार गर्न सक्छन् ।
नेपाली अटोबजारमा ५० लाख मुनीका धेरै इभी गाडीहरूको डिमान्ड बढिरहेको बेला अर्को यस्तो ब्रान्ड थपिएको छ ‘लिपमोटरको बिओ ३ एक्स ।’
शुक्रवार साङ्ग्रिला मोटर्सले आफ्नो नयाँ प्रडक्ट बीओ ३ एक्स इभी एसयुभी कारलाई ४५ लाखमै सार्वजनिक गरेर सबैलाई चकित बनाइदिएको छ ।
आकर्षक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक फिचरहरूले सुसज्जित कम्प्याक्ट एसयूभीले विशेष गरी किफायती मूल्यमा राम्रो रेन्ज खोज्ने उपभोक्ताहरूको मागलाई सम्बोधन गर्ने साङ्ग्रिला मोटर्सका सहायक महाप्रबन्धक किरण श्रेष्ठले बताए ।

लीपमोटर बीओ ३ एक्स नेपाली बजारमा प्रवेशले आउँदै गरेको नाइमा अटो सोमा ग्राहकालाई विशेष आकर्षण गर्नेछ । यसमा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर र ५३ किलोवाट आवरको ब्याट्रीले यो कारलाई ५०५ किलोमिटरको यात्रा सहज बनाउनेछ ।
नेपाली सडकमा कुदाउँदा पनि ३ सय ५० किलोमिटरभन्दा बढीको रेन्ज दिने साङ्ग्रिला मोटर्सका सञ्चालक जय गोल्छाले बताए । बिओ ३ एक्स इभीलाई डिसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशतसम्म पुर्याउन जम्मा १६ मिनेट मात्र लाग्ने दाबी गरिएको छ ।

यसमा ५१० लिटरको फराकिलो बुट स्पेस उपलब्ध छ, जसले गर्दा लामो यात्रामा निस्कँदा सामान व्यवस्थापन गर्न सहज हुन्छ । समग्रमा, आजदेखि बजारमा आएका यी दुवै इभीहरूले उपभोक्तालाई बजेटभित्रै रहेर प्रिमियम र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने देखिन्छ ।













