२३ भदौ २०८३, मंगलबार

१० प्रतिशत लाभांशब प्रस्ताव पारित गर्ने ग्लोबल आइएमई बैंकले डाक्याे साधारण सभा



काठमाडाैं । ग्लोबल आइएमई बैंकले असोज १६ गते, शुक्रबार २० औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा काठमाडौँकाे भृकुटीपमण्डपस्थित नेपाल पुलिस क्लबमा ९ बजे शुरु हुनेछ।

सभाले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।