नक्सालमा हुन्डाईको विशेष अफर, निःशुल्क सर्भिसिङ, टेस्ट ड्राइभ र खानपानसहितको उत्सव
हुन्डाई मोटरको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भदौ २७ गते शनिबार काठमाडौंको नक्साल शोरुममा सवारीसाधनको निःशुल्क जाँच, आकर्षक छुट र मनोरञ्जनात्मक गतिविधिसहितको ‘हुन्डाई टोटल कियर’ कार्यक्रम गर्ने भएको छ।
काठमाडाैँ । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकलाई लक्षित गर्दै आगामी शनिबार अर्थात् भदौ २७ गते (सेप्टेम्बर १२) का दिन विशेष सर्भिसिङ तथा मिलन कार्यक्रम आयोजना गर्ने भएको छ। काठमाडौंको नक्सालस्थित केन्द्रीय शोरुममा सञ्चालन हुने यस कार्यक्रमलाई कम्पनीले ‘हुन्डाई टोटल कियर’ नाम दिएको छ।
सवारीसाधनको नियमित सरसफाइ, उचित मर्मतसम्भार र प्राविधिक अवस्थाको सही जानकारी दिनका लागि यस्ता शिविरहरू प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ। बिहान १० बजेबाट सुरु हुने यो शिविर साँझ ५ बजेसम्म लगातार सञ्चालन हुनेछ।
‘पूर्ण हेरचाह, विश्वसनीय सेवा’ भन्ने मूल उद्देश्यलाई आत्मसात् गर्दै अघि बढाइएको यस कार्यक्रममा हुन्डाईका सवारीधनीहरूले विशेष लाभ लिन सक्नेछन्। क्याम्पमा गाडी मालिकहरूले आफ्ना सवारीसाधनको समग्र अवस्थाबारे जानकारी लिन निःशुल्क भेहिकल चेकअपको सुविधा पाउनेछन्।
यसबाहेक गाडीको मर्मतसम्भार गर्नुपरेमा विभिन्न किसिमका विशेष छुटसहितका सर्भिस कुपनहरूको समेत व्यवस्था गरिएको छ। यसले गर्दा ग्राहकलाई आर्थिक रूपमा पनि सहजता हुने र गाडीको पर्फर्मेन्स पनि मजबुत हुने अपेक्षा गरिएको छ।
यसपटकको सर्भिसिङ क्याम्पलाई कम्पनीले केवल साधारण जाँच शिविरमा मात्र सीमित नराखी एउटा उत्सवको रूपमा मनाउने तयारी गरेको छ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले हुन्डाईका नयाँ मोडलका गाडीहरू प्रत्यक्ष चलाएर हेर्नका लागि टेस्ट ड्राइभ गर्न पाउनेछन्। यसरी टेस्ट ड्राइभमा सहभागी हुनेहरूका लागि आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ।
ग्राहकहरूको दिनलाई अझ बढी आनन्ददायी बनाउन विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिनेछन् भने विभिन्न परिकारका निःशुल्क फुड स्टलहरू पनि राखिनेछन्।
आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन र सवारीसाधनको नियमित देखरेखको महत्व बुझाउन यो पहल चालिएको हो। तसर्थ, निर्धारित दिनमा नक्सालस्थित शोरुममा उपस्थित भएर निःशुल्क जाँच गराउन र कम्पनीले उपलब्ध गराएका विविध अफरहरूको भरपूर लाभ लिन हुन्डाईले सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ।












