नेभो क्यु०५ आगामी साता चितवनमा सार्वजनिक हुँदै, भदौ २९ देखि विशेष टेस्ट ड्राइभ सुरु
काठमाडौं । चितवन क्षेत्रका लागि एमएडब्लू वृद्धि अटोकर्प प्राइभेट लिमिटेडअन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्राइभेट लिमिटेडले नयाँ नेभो क्यु०५ लाई आगामी साता चितवनमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
गाडी सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म दिपल चितवन शोरुममा नेभो क्यु०५ को विशेष टेस्ट ड्राइभमार्फत प्रत्यक्ष अनुभव लिन सक्नेछन्। शहरी जीवनशैलीलाई लक्षित गरी तयार पारिएको यो प्रिमियम इलेक्ट्रिक एसयूभीले गुणस्तरीय जीवनशैली र स्मार्ट मोबिलिटीलाई प्राथमिकतामा राखेको छ। नेपाली बजारका लागि नेभो क्यु०५ अल्ट्राको विशेष मूल्य रु. ५१ लाख ९९ हजार निर्धारण गरिएको छ।
चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (न्यु इनर्जी भेहिकल) पोर्टफोलियोअन्तर्गत नेपालमा दिपलले स्टाइलिस तथा अत्याधुनिक प्रविधियुक्त प्रिमियम ईभीको प्रतिनिधित्व गर्दै आएको छ। यसै पोर्टफोलियोलाई थप विस्तार गर्दै नेभो क्यु०५ ले नेपालमा विद्युतीय एसयूभी अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ। ‘कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा एक तह माथि’ अर्थात् ‘अ क्लास एबोभ’ अनुभव प्रदान गर्ने लक्ष्यसहित यसले अत्याधुनिक ईभी प्रविधि, आकर्षक डिजाइन तथा स्मार्ट मोबिलिटीलाई एकैसाथ प्रस्तुत गरेको छ।
नयाँ नेभो क्यु०५ ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २ हजार ७३५ मिलिमिटरको ह्वीलबेसले यात्रुहरूका लागि, विशेषगरी पछाडि बस्नेहरूका निम्ति पर्याप्त स्पेस उपलब्ध गराउँछ। पछाडिका सिटहरूलाई आवश्यकताअनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ भने ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान सुनिश्चित गर्छ।
यस गाडीको अर्को प्रमुख विशेषता यसको अन्तर्राष्ट्रिय स्तरको डिजाइन हो। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको हो। यस डिजाइन टोलीको नेतृत्व चाङ्गानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व फक्सवागन ग्रुपका डिजाइन प्रमुख क्लाउस जिसिओराले गरेका छन्। सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो एवं आत्मविश्वासी रोड प्रेजेन्स रहेको यसको डिजाइनले अन्तर्राष्ट्रिय स्तरमा ‘गोल्डेन ए डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ।
ब्याट्री तथा पर्फर्मेन्सका हिसाबले नेभो क्यु०५ मा ५१.९ किलोवाट आवरको सीएटीएल लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसलाई चाङ्गानको ‘गोल्डेन शिल्ड २.०’ ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता प्रदान गर्न सक्छ। यस प्रविधिले गर्दा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन केवल १५ मिनेट समय लाग्छ। १२० किलोवाटको इलेक्ट्रिक मोटरबाट सञ्चालित यस गाडीले एनईडीसी परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर मात्र रहेको छ।
नेभो क्यु०५ ले अन्तर्राष्ट्रिय बजारमा समेत उत्कृष्ट सफलता हासिल गरिरहेको छ। चाङ्गान नेभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म क्यु०५ को कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको छ।
चीनमा आफ्नो सेग्मेन्टमा लगातार पाँच महिनादेखि नम्बर १ एसयूभीका रूपमा स्थापित रहँदै कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान कायम गरेको छ। फराकिलो केबिन, प्रशंसित डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजनसहित नेभो क्यु०५ ले नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।प्रशंसित डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित नेभो क्यु ०५ नेपालमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारीमा छ।















