२७ भदौ २०८३, शनिबार

५ महिनादेखि चीनको नम्बर १ एसयूभीको रूपमा स्थापित क्यु ०५ चितवनमा सार्वजनिक हुँदै, भदौ २९ देखि टेस्ट ड्राइभ



काठमाडौं । चितवन क्षेत्रका लागि एमएडव्लु बृद्धि अटोकर्प प्रालि अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा। लि। ले नयाँ नेभो क्यु ०५ लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म डिपल चितवन सोरुममा नेभो क्यु ०५ को विशेष टेस्ट ड्राइभमार्फत गाडीलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन पोर्टफोलियोअन्तर्गत, नेपालमा डिपलले स्टाइलिस तथा अत्याधुनिक प्रविधियुक्त प्रिमियम इभी को प्रतिनिधित्व गर्दै आएको छ। यसै पोर्टफोलियोलाई थप विस्तार गर्दै नेभो क्यु ०५ले नेपालमा विद्युतीय क्ग्ख् अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ।

आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि चीनको नम्बर १ एसयूभी का रूपमा स्थापित क्यु ०५ ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास बढी’ अनुभव प्रदान गर्ने लक्ष्यसहित अत्याधुनिक भ्ख् प्रविधि, आकर्षक डिजाइन तथा स्मार्ट मोबिलिटीलाई एकैसाथ प्रस्तुत गरेको छ।

नयाँ नेभो क्यु ०५ ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउँछ, विशेषगरी पछाडिका यात्रुहरूका लागि। पछाडिका सिटहरूलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ भने ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्छ।

त्तण्छ को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन हो। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको हो। यस डिजाइन टोलीको नेतृत्व चाङ्गानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व भक्वागन डिजाइन प्रमुख प्बिगक श्थअष्यचबले गरेका छन्।

नेभो क्यु ०५ मा ५१।९ किलोवाट एलएफपि व्याट्र ब्याट्री जडान गरिएको छ, जसलाई चाङ्गानको गोल्डेन सिल्ड २ ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले थ्रिसि फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डिसी चार्जिङ क्षमता प्रदान गर्न सक्छ।

नेभो क्यु ०५ ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको छ। चाङ्गान नेभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म क्यु ०५ को कुल बिक्री १,२५,००० युनिटभन्दा बढी पुगेको छ। साथै, यसले चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान हासिल गरेको छ।

फराकिलो केबिन, अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित नेभो क्यु ०५ नेपालमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारीमा छ—एक यस्तो अनुभव, हुन सक्छ छ।