२९ भदौ २०८३, सोमबार

चाङ्गान नेभो क्यू०५ चितवनमा ‘ए क्लास अबभ’ कम्फर्ट, डिजाइन र टेक्नोलोजीसहित सार्वजनिक



काठमाडौँ। नेपालमा चाङ्गान अटोमोबाइलका सवारीसाधनहरूको आधिकारिक बिक्रेता एमएडब्लू वृद्दि अटोकर्प प्रालिको अधिकृत डिलर ‘राजहंस अटोमोबाइल प्रालि’ले चितवनमा नयाँ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी ‘चाङ्गान नेभो क्यू०५’ सार्वजनिक गरेको छ। चितवनको रीजालचोकस्थित दीपल शोरुममा एक भव्य समारोहबीच यो गाडी औपचारिक रूपमा बजारमा ल्याइएको हो।

चितवनमा आयोजित यस लन्च कार्यक्रममा एफएनसीसीआई चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने क्याडाका अध्यक्ष इन्द्र रेग्मी विशेष अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा राजहंस अटोमोबाइल–चाङ्गान चितवनका अध्यक्ष दिलीप थनेत, एमएडब्लू वृद्धिका निर्देशक पार्थ सिकरिया, उपाध्यक्ष सन्दीप चटर्जी तथा एमएडब्लू वृद्दि अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्द लगायतको गरिमामय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार सार्वजनिक गरिएको नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१.९९ लाख रुपैयाँ कायम गरिएको छ। ग्राहकहरूले आगामी भदौ २९ देखि ३१ गतेसम्म चितवनको रीजालचोकस्थित दीपल शोरुममा विशेष टेस्ट ड्राइभमार्फत यस गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

आधुनिक परिवारको आवश्यकतालाई मध्यनजर गर्दै डिजाइन गरिएको यस एसयूभीमा कम्प्याक्ट बाहिरी आकार भए पनि भित्री भाग निकै फराकिलो र व्यावहारिक छ। यसको सेग्मेन्टमै अग्रणी २,७३५ मिलिमिटरको ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगिता रहेको छ, जसले गर्दा पछाडिको सिटमा तीन जना वयस्कले समेत आरामसँग यात्रा गर्न सक्छन्। पछाडिको सिट ब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन र ९ तहको एर्गोनोमिक निर्माण गरिएको छ।

गाडीमा ५४० लिटरको डुअल–लेभल बुट, ९० लिटरको लुकेको स्टोरेज, २९ वटा व्यावहारिक स्टोरेज स्पेस र ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्टहरू रहेका छन्। यसमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावर्ड सनसाइडसमेत उपलब्ध छ। यसको डिजाइन फक्सवागन समूहका पूर्व हेड अफ डिजाइन तथा चाङ्गान ग्लोबल डिजाइनका भाइस प्रेसिडेन्ट क्लाउस जाइसियोराको नेतृत्वमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन प्रोफेसनलहरूको सहभागितामा तयार पारिएको हो।

‘फुगुआङ डिजाइन फिलोसोफी’बाट प्रेरित यस गाडीले ०.२६५ सीडीको ड्र्याग कोएफिसियन्टसहित उत्कृष्ट एरोडायनामिक प्रोफाइल प्रस्तुत गर्दछ।

२०२६ को प्रतिष्ठित गोल्डन ए डिजाइन अवार्ड विजेता यस एसयूभीमा डिजिटल विङ २.० फुल–वाइड्थ लाइटिङ सिग्नेचर, स्टार–रिङ म्याट्रिक्स एलइडी टेललाइट र प्रिमियम सेमी–हिडन डोर ह्यान्डलहरू राखिएका छन्।

गाडीमा  सीएटीएल ब्याट्री सेलहरूलाई चाङ्गानको गोल्डन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत गरिएको छ। यसको 3C फास्ट–चार्जिङ सिस्टममार्फत उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशत देखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमै चार्ज गर्न सकिन्छ।

यसमा रहेको १२० किलोवाटको विद्युतीय मोटरले ० देखि १०० किमी प्रतिघण्टाको गति मात्र ८.१ सेकेन्डमा लिन सक्छ।

एनईडीसी परीक्षणअन्तर्गत यसले ४६२ किलोमिटर र डब्ल्यूएलटीपी परीक्षणअन्तर्गत ४०५ किलोमिटरको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्दछ भने यसको ऊर्जा खपत १२.९ किलोवाट आवर प्रति १०० किलोमिटर मात्र रहेको छ।

प्रविधि प्याकेज अन्तर्गत १४.६ इन्चको 1080P टचस्क्रिन, एमटीके८६७५ ७-न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन र ५४०-डिग्री प्यानोरामिक भ्यूइङ सिस्टम उपलब्ध छन्।

चाङ्गान अटोमोबाइल चीनका “जाइन्ट फोर” प्रमुख अटोमोटिभ समूहमध्ये एक चाङ्गानसँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत छ। १०० भन्दा बढी देशमा उपस्थिति रहेको यस कम्पनीमा १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोली कार्यरत छ।

एमएडब्लू वृद्दि अटोकर्प प्रालि नेपालमा चाङ्गान र यसका सब–ब्रान्डहरू (दीपल, नेभो र एभाट्र) को अधिकृत प्रतिनिधि हो भने राजहंस अटोमोबाइल प्रालि चितवनको भरतपुर–१० मा अध्यक्ष दिलीप थनेतको नेतृत्वमा २०८१ सालमा स्थापित यस कम्पनीले पूर्ण रूपमा सुसज्जित शोरुम तथा एकीकृत सर्भिस सेन्टरमार्फत ग्राहकहरूलाई सहज बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।