हुण्डाई फेस्टिभ ड्राइभ २०८३’ घोषणा : लाखौँको छुट र विशेष सुविधाहरु
काठमाडौँ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “हुण्डाई फेस्टिभ ड्राइभ २०८३” घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यस अफरअन्तर्गत ग्राहकहरूले रु. ३ लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत रु. ५ लाखसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, ह्युन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको निःशुल्क रोड ट्याक्स पनि उपलब्ध गराएको छ।
हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको ह्युन्डाई स्वामित्व अनुभव प्रदान गर्दछ। यस दशैं–तिहार तथा छठको अवसरमा, ह्युन्डाई नेपालले भदौ २३, २०८३ देखि सबै ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर “हुण्डाई फेस्टिभ ड्राइभ २०८३” का आकर्षक अफर तथा सुविधाहरूको लाभ उठाउन हार्दिक निमन्त्रणा गरेको छ।












