सिद्धार्थ बैंकले बोलायो २५ औँ वार्षिक साधारण सभा, २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने
काठमाडाैं । सिद्धार्थ बैंकले असोज २८ गते आफ्नाे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ।
असोज २८ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ९ बजेदेखि शुरु हुने सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ।
यस्तै सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई १३६ दिनकाे समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।














