१६ कार्तिक २०८३, सोमबार

सोमबार ताेलामा २ हजार ३०० रुपैयाँले बढ्याे सुनकाे भाउ, चाँदी पनि महँगियो



काठमाडौं । साेमबार नेपाली बजारमका सुनकाे मूल्य बढेकाे छ । हिजाे ताेलमा ८ हजार ३०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज ताेलामा २ हजार ३०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला सुन २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।