करदाता प्रोत्साहन उपहार: धनुषाका गौरीशंकर बने १० लाखको बम्पर उपहार विजेता
काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले चिट्ठा (लक्की ड्र) मार्फत विजेताहरूको घोषणा गरेका हुन्।
कात्तिक १ गतेदेखि १५ गतेसम्म (पहिलो १५ दिन) को अवधिमा वस्तु तथा सेवा खरिद गरी बिल लिने उपभोक्ताहरूलाई लक्षित गर्दै कुल १६ जना विजेता चयन गरिएको छ। बम्पर उपहार विजेता १ जनाले १० लाख र १५ जना उपभोक्ताले जनही १/१ लाख रुपैयाँ बराबरको प्रोत्साहन उपहारसमेत जितेका छन्।
१० लाखकाे बम्पर उपहार जित्नेमा राइड सेयरिङ (पठाओ, इन्ड्राइभ, याङ्गो चलाउने काम) गर्ने धनुषाका गौरीशंकर पण्डित रहेका छन् ।
गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट जम्मा ४१५ रुपैयाँको तोरीको तेल किनेका पण्डितले ई–सेवा मार्फत डिजिटल भुक्तानी गरेका थिए। सोही खरिदको आधारमा जारी भएको बिल र कुपन नम्बर ०९८०४६५५८१७५ मार्फत उनी १० लाख रुपैयाँको बम्पर पुरस्कारका लागि भाग्यशाली ठहरिएका हुन्।
कात्तिकको पहिलो १५ दिनमा उपहार जितेका विजेताहरूः
















