१८ कार्तिक २०८३, बुधबार

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे सिईओमा पिताम्बर भण्डारी नियुक्त



काठमाडाैँ । निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त भएका छन् ।


बुधबार बसेकाे मन्त्रीपरिषदले निक्षेप तथा कर्जा सुरक्षण कोषकाे कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको हाे।

अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो।

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गरे । भण्डारी नेपाल बैंकका अध्यक्ष हुन् । यसअघि उनी नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रहेका थिए ।