रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता
काठमाडाैं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मस्ट्याङ राइड २’ सम्पन्न गरेको छ । यही कार्तिक १२ देखि १५ गते सम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए ।
पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइड मुस्ताङसम्म पुगेको थियो । चारदिने यात्रामा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए ।
महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा राइडिङ समुदायमा महिलाको सहभागिता थप विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यसले महिला राइडरहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत थप बलियो बनाएको छ ।
रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइक्लिङ’ को अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ । कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई जोड्दै आएको छ ।
अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने तथा रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।















