सेयर बजारको ओरालो यात्रा जारी : ११.०५ अंंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
काठमाडौँ। सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ। साबुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको हो। हिजो मंगलबार पनि नेप्से परिसूचक १२.७९ अंकले घटेको थियो।
बजारमा बिक्री चाप बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। आज १९९ कम्पनीको सेयर मूल्य घट्दा ७० कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
यसैगरी आज कारोबार रकम पनि खुम्चिएको छ। आज कुल ४ अर्ब १५ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ, जबकी हिजो मंगलबार मात्रै ४ अर्ब ७३ करोडको सेयर कारोबार भएको थियो । आज १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच हुँदा कुल ४१ हजार ६२७ वटा कारोबार भएका छन्।
यस्तै, आज १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको हो भने कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४९ प्रतिशतले घटेको छ।
आज रिलायन्स स्पनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ। कम्पनीको आज ३२ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।















