७ मंसिर २०८३, सोमबार

मातृभाषामा सम्बोधन गर्दै बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल आउन औपचारिक निमन्त्रणा दिएका छन् । नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय संयुक्त प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शाहले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरे।  मोदीले हिन्दी भाषामा सम्बोधन गरेपछि प्रधानमन्त्री शाहले पनि अंग्रेजीको सट्टा नेपाली भाषामा आफ्नो धारणा राखेका हुन्।

उनले नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक मात्र नभई ऐतिहासिक, सांस्कृतिक र जनस्तरको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै आपसी विश्वास र सम्मानका आधारमा सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुपर्ने बताए।