९ मंसिर २०८३, बुधबार

रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत निर्णायक अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न



काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भईरहेको ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सफलता पूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्याङ्कनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताका बारेमा विस्तृत जानकारी गराएका थिए।

यस वर्षको कृति अवाड्र्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका अन्य विशिष्टीकृत विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । यसका साथै सङ्गीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदीयमान विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको समेत बहु–विधागत टोली गठन गरिएको छ ।

आन कार्यसमितिको कार्यादेश बमोजिम निर्णायक मण्डलले सम्बन्धित विधामा पुर्याएको योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका यी निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन्।

अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको छ । निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको दाबी गरिएको छ।

ईनर्जी ड्रिंन्क रेडबुल मुख्य प्रायोजक रहेको यस बर्षको कृति अवार्डस्मा ईन्फुएन्सर म्यानेजमेन्ट गर्ने डिजिटल प्लाटर्फम ईनमार्कको ईनएसोशियसन विथ तथा जिएमडब्लु ओरा, कोका कोला र यति ईन्टरनेशनल कलेजको पावर्ड बाई प्रायोजन रहेको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा फोन नं. ०१४७५०६३ मा सम्पर्क गरि आनको सचिबालयबाट लिन सकिन्छ ।