सिद्धार्थ बैंकको २ लाख कित्ता सेयर बिक्रीमा, यसरि गर्ने सकिन्छ खरिद !

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर समूहको २ लाख कित्ता सेयर लिलामीमा ल्याएको हो ।
बैंकले आत्मा कुमार श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र शकुन्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।