सिटिजन्स बैंकका ग्राहकले भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटलमा विशेष छुट « Arthapath.com
२१ असार २०८२, शनिबार

सिटिजन्स बैंकका ग्राहकले भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटलमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल, गँुडगाँव बीच समझदारी भएको छ ।

१६ वर्ष देखी आफनो ग्राहकहरुलाई उत्कृष्ठ बैंकिङ्ग सेवा सुविधा दिने क्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो ।

गँुडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् ।

यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकहरु उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले सेवासुविधा लिएका छन । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् र बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्