कुमारी बैंकको सेयर किन्ने होइन त ? प्रतिकित्ता मात्र ११९ रुपैयाँमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ९६ हजार कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्ने लागेको हो ।
उःक्त सेयर न्यूनतम मूल्य ११९ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी फागुन ३० गते दिउँसो ३ बजे भित्र कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल काठमाडौंमा आवेदन दिन सकिनेछ ।