प्रभु बैंकको एटीएम द क्लिफमा « Arthapath.com
२१ असार २०८२, शनिबार

प्रभु बैंकको एटीएम द क्लिफमा



काठमाडौं । पर्यटनको लागि द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ ।

सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक समारोहका बीच एटीएमको उद्घाटन गरेका हुन् । एटीएम उद्घाटनमा क्लिफका प्रतिनिधिहरूका साथमा प्रभु बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

उक्त, एटीएम उद्घाटन गर्दै निर्देशक जोशीले पर्यटकहरूको सहजताका लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

साथै, द क्लिफमार्फत राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । पछिल्लो समय द क्लिप साहसिक पर्यटनको मुख्य गन्तव्यको रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर परेको छ ।


प्रतिक्रिया दिनुहोस्