नेप्सेमा हिमालयन बैंकको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा हिमालयन बैंक लिमिटेडको सेयर सूचीकृत भएको हो ।
सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले साविकको सिभिल बैंकलाई १ः०.८०२८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ दरको कुल ७ करोड ६५ लाख ३ हजार ९१८ कित्ता शेयर सूचीकृत भएको हो ।
अब कम्पनीको सेयर आइतबार (फागुन २८ गते) गतेदेखि कारोबारमा आउनेछ ।