१ खर्ब ३३ अर्ब बचतमा शोधानान्तर स्थिति, चालु खाता २९ अर्ब ६४ करोडले घाटामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१ खर्ब ३३ अर्ब बचतमा शोधानान्तर स्थिति, चालु खाता २९ अर्ब ६४ करोडले घाटामा



काठमाडौं । शोधानान्तर स्थिति १ खर्ब ३३ अर्ब रुपैयाँ बढीले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

यस्तै, समिक्षा अवधिमा चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समिक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।

यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३१ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्