एनआइसी एशिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

एनआइसी एशिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्ने सकिनेछ ।

आवेदन दिन चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ३० गते) ले ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्