तपाइलाई पर्यो त बिपिडब्लु लघुवित्तको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

तपाइलाई पर्यो त बिपिडब्लु लघुवित्तको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ मेगा क्यापिटलमा आज शुक्रबार बिहान बाँडफाँट भएको छ ।

आईपिओमा कुल १४ लाख ५९ हजार ७ सय ८४ जना आवेदकबाट १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १४ लाख ५८ हजार २ सय ७८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ।

जस अनुसार ८ हजार ९५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएका छन् ।

कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्न सकिन्छ

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/

बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/

सिडीएससीको मेरोशेयरको वेबसाइटः meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्