कुमारी बैंकको ६१ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
१८ असार २०८२, बुधबार

कुमारी बैंकको ६१ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६१ हजार ४२५ कित्ता सेयर बिक्री खुला गरेको हो ।

बैंकका संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १३ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल २ वा सेयर रजिष्ट्रार कुमारी क्यापिट काठमाडौं १ नक्सालमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्