आज कृषि विकास बैंकको साधारण सभा, लाभांश पारित गर्ने मुख्य एजेण्डा
काठमाडौं । कृषि विकास बैंकले १६औं साधारण सभा आज हुँदैछ । बैंकको सभा केन्द्रीय तालिम प्रतिष्ठान बोड , भक्तपुरमा बिहान ११ बजे बस्ने आव्हान गरेको छ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
यता, अग्राधिकार सेयरधनीलाई भने ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसका साथै गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका छलफल हुनेछ । साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले फागुन ३० गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा फागुन २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













