देशभरी १०० वटा शाखाहरुमा सन्‌राइज बैंकले वित्तीय साक्षयरता कार्यक्रय मनायो ‘ग्लोबल मनि वीक’ « Arthapath.com
१८ असार २०८२, बुधबार

देशभरी १०० वटा शाखाहरुमा सन्‌राइज बैंकले वित्तीय साक्षयरता कार्यक्रय मनायो ‘ग्लोबल मनि वीक’



काठमाडौं । सन्‌राइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनि वीक मनाएको छ ।

कम्पनीले देशभरीको ७ प्रदेशमा १०० वटा शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जानकारी र्दिको छ ।

बैंकले ग्लोबल मनि वीकले बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँँहुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतना उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पु¥याउने बैंकको विश्वास छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एममार्फत आफ्ना ८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्