कृषि विकास बैंकका २३ जना कर्मचारीको शाखा अधिकृतमा बढुवा, को-को हुन् ? (नामावलीसहित)

काठमाडौं । कृषि विकास बैंकको शाखा अधिकृतमा दुई दर्जन कर्मचारीहरुको बढुवा भएको छ ।
सो पदमा बैंकले २३ जना कर्मचारीहरुलाई बढुवा गरेको हो । बैंकको पदपूर्ति समितिको चैत १४ गतेको निर्णानानुसार बढुवाका लागि सिफारिस गरेको हो ।
बैंकका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन, सेवाको जेष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा वर्गीकत क्षेत्रमा काम गरे बापतको अंक गणना गरि बढुवा नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैंकको शाखा अधिकृतमा बढुवा हुनेको पहिलो नम्बर खेमराज खनाल र दोस्रो नम्बरमा रामहरि थापा मगर रहेका छन् । बैंकका अनुसार शाखा अधिकृतमा बढुवा हुनेमा शालिक राम पौडेल, बालकृष्ण अर्याल, पवन कुमारी शर्मा, सुरेन्द्र बहादुर सापकोटा, दिपेन्द्र साह, हरि राज थपलिया, जीवन कुमार रिजाल, हेम नारायण साह रहेका छन् ।
यस्तै, नेत्र बहादुर बस्नेत, विरेन्द्र बहादुर विष्ट, प्रेम प्रकाश जोशी, अञ्जु गौतम, इन्द्रमणि घिमिरे, बबिता घले, शिव शंकर गिरी, सत्यनारायण मण्डल, बिन्दु पौडेल, शम्भु काफ्ले, शशी महत थापा र मदन निरौला रहेका छन् ।
बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दी अनुसार रिक्त रहेको पदहरुमध्ये गत असार २४ गते शाखा अधिकृत पदमा बढुवाका विज्ञापन खुलाएको थियो ।