घटेको बजारमा पनि यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारले अर्थमन्त्री प्रकाशसरण महतलाई रातो कार्पेटले स्वागत गरेको छ । नयाँ अर्थमन्त्रीको आशामा रहेका लगानीकर्ताहरुले बजार घट्दा निराश पैदा गरेको छ । तर अर्थमन्त्री महतले भने पूँजी बजार सुधार आफ्नो पहिलो प्राथमिकतामा राखेको बताउदैं आएपनि लगानीकर्ता अझै अन्यौल अवस्था रहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २० अकंले घटेर १८८५.५५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ ।
आइतबार एनआइसी एशिया बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५ करोड ५ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, शिवम सिमेन्टको ४ करोड ५१ लाख ३९ हजार रुपैयाँ, रिडि पावरको ३ करोड ७३ लाख ३० हजार रुपैयाँ, हिमालयन डिष्टिलरीको २ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।
