नबिल, एनआईसी र ग्लोबल आइएमई बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

काठामाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार बजार १६.६७ अंकले घटेको हो । आज बजार परिसुचक १८७१.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज व्यापार समूह २५.२२ अंकले वृद्धि भएको छ भने यस बाहेक अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।
आज कारोबार रकम पनि एक अर्ब पनि पुग्न सकेको छैन । सोमबार ९२ करोड २ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
सोमबार नबिल बैंक, एनआईसी एशिया र ग्लोबल आइएमई बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । सोमबार नबिल बैंकको सबैभन्दा धेरै ३ करोड ६२ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार आज बैंकको ६१ हजार ५०४ कित्ता सेयर किनबेच भएको जनाएको छ । बैंकको सेयर मूल्य भने प्रतिकित्ता ५८९ रुपैयाँ ९० पैसा कायम भएको छ।
यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको भने २ करोड ९३ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आज बैंकको ४२ हजार ५०४ कित्ता सेयर खरिदबिक्री भएको हो । बैंकको सेयर मूल्य भने प्रतिकित्ता ६९० रुपैयाँ कायम भएको छ ।
त्यसैगरि सोमबार ग्लोबल आइएमई बैंकको पनि साढे दुई करोबार बराबरको सेयर कारोबार भएको छ । आज बैंकको २ करोड ५३ लाख ८९ हजार रुपैयाँ बराबरको १ लाख ४० हजार ६४७ कित्ता सेयर किनबेच भएको हो । बैंकको सेयर मूल्य भने आज १८२ रुपैयाँ कायम भएको छ ।
