आश्वासन भन्दा काम हेर्न खोज्दै लगानीकर्ता, झिनो अकंले घटेको बजारमा कारोबार ९१ करोडमा खुम्चियो
काठमाडौं । देशले नयाँ मन्त्रीको रुपमा प्रकास शरण महतलाई पाए यता सेयर बजार निरन्तर घटि रहेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको अर्बौ रुपैयाँ गुमेको छ र अझै गुम्ने डरमा रहेका छन् ।
यता, अर्थमन्त्री महतले भने सेयर बजार सुधारका लागि लगानीकर्तासँग छलफलमा जुटी रहेका छन् । सेयर बजारलाई प्रभाव पार्ने ब्याजदर घटाउन सरकार पक्ष छलफलमा रहेको विभिन्न मन्त्रीहरुले बताउदैं आएका छन् । तर लगानीकर्तालाई आश्वासन भन्दा पनि काम गरेर हेर्ने पर्खीरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२० अकंले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच हुदाँ ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार ६ उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंक समूहको ०.३१ प्रतिशतत, फाइनान्स समूहको ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशत, हाइड्रोपावर समूहको ०.१८ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.२३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.०३ प्रतिशतले सेयर मूल्य घटेको हो ।














