सुनको मूल्यले नयाँ रकर्ड कायम « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनको मूल्यले नयाँ रकर्ड कायम



काठमडौं । सुनको मूल्यले नयाँ रकर्ड कायम गरेको छ ।

बुधवार छापावाला सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
अघिल्लो दिन अर्थात मंगलबार १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा २ हजार रुपैयाँले वृद्धि भएको हो । यस्तै, आज तेजावी सुनको भाउ १ लाख १० हजार ४५० कायम भएको छ ।

यस्तै, साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि भई १ हजार ४४० रुपैयाँ पुगेको छ । मंगलबार भने १ हजार ४ सय रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्