एभरेष्ट बैंकको साढे ७ लाख कित्ता उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । एभरेष्ट बैंकको उर्जा ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत गराएको हो ।
बैंकले ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत गराएको छ । बैंकको अंकित मूल्य १ हजार रुपैयाँ अंकित दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले १० वर्षे अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलि अर्थात चैत २३ गते बिहीवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।