लाभांश पारित गर्दै युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कार्यालय हेरिटेज प्लाजामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।साथै २०७९।०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।













