खरिद गर्ने हैन त सिद्धार्थ बैंकको सेयर ? आजदेखि ८९ हजार कित्ता बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८९ हजार ३५३ कित्ता सेयर बिक्री खुला गरेको हो ।
बैंकका संस्थपक सेयरधनी रजनी प्रधानले ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीले १४ हजार ३५३ कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २६ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई आवेदन खुल्ला गर्ने कम्पनीले जनाएको छ ।