३० श्रावण २०८३, शनिबार

गृह मन्त्रालयसँग वार्ता गर्न मिटरब्याज पीडितहरुले बनाए १९ सदस्यीय टोली



काठमाडौं । मिटरब्याज पीडितहरुले वार्ता टोली गठन गरेका छन् । पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न १९ सदस्यीय टोली गठन गरेका हुन् ।

मिटरब्याज पीडितको एक टोलीसँग सरकारले चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । काठमाडौंमा आएर विरोधका कार्यक्रम गरेको त्यो टोली फर्किएलगत्तै मिटरब्याज पीडितकै अर्को एक टोली काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।