हिमालयन बैंकको पहिलो अपाङ्गमैत्री एटिएम काभ्रेको साँगामा संचालन « Arthapath.com
१७ असार २०८२, मंगलबार

हिमालयन बैंकको पहिलो अपाङ्गमैत्री एटिएम काभ्रेको साँगामा संचालन



काठमाडौं । हिमालयन बैंक लिमिटेडले काभ्रे जिल्लाको साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम संचालनमा ल्याएको छ ।

सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले बैंकले आफ्नो एटिएम सुबिधा सो स्थानमा सुरुवात गरेको हो । बैंकको सो एटिएमको उद्घाटन चैत्र २४ गते शुक्रबारका दिन स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक समारोहको बीच बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दिक्षित द्वारा गरिएको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा लगायत बैंक तथा उक्त संस्थाका उच्चपदस्थका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्