३१ श्रावण २०८३, आइतबार

बीमा क्षेत्रको क्षमता विकासका लागि फेडेरल रिइन्स्योरेन्स र बैंकिङ फाइनान्सबीच सम्झौता



काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र बैंकिङ ङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल बीच सम्झौता भएको छ ।

बीमा क्षेत्रको क्षमता विकासका लागि तालिम , सेमिनार , सम्मेलन, अनुसन्धान तथा परामर्शका क्षेत्रमा दीर्घकालीन रणनीतिक बिकास गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट कम्पनी सचिव अल्पना शर्मा र रिर्सच एनालिष्ट सौरभ बराल तथा बंैकिङ फाइनास एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट प्रबन्धक निसु भगत र प्रशासन तथा वित्त अधिकृत श्री मतिराम पौडेल बीच भएको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत, बीमा व्यवसाय संग सम्वन्धित आवश्यक क्षमता विकासको विभिन्न कार्यहरु गर्नको लागि दुवै संस्थाहरु मिलेर काम गर्न सहमत भएका छन् । दुवै संस्थाहरुले संयुक्त सभा सम्मेलन, सेमिनार तथा प्रशिक्षण कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्ने साथै, यस सम्झौता पश्चातः संयुक्त अध्ययन र अनुसन्धान र परामर्श सेवाहरु संचालन गर्न सहयोग गर्नेछन र विभिन्न प्रदर्शनी, व्यापार मेला, गोष्ठी, सम्मेलन, वा बीमा सम्बन्धी कार्यक्रमहरु संयुक्त रुपमा आयोजन गर्न दुवै संस्थाहरु सहमत भएका छन् ।