एसबीआई क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी

काठमाडौं । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंकबीच समझदारी भएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच कर्पाेरेट कार्यालयमा वैशाख ३ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा SBICAPS को तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा NSMBL को तर्फबाट प्रबन्ध संचालक तथा प्रमुखकार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् । नेपाल एसबिआई बैंक काठमाडौँ, नेपालमा मिति २०८० वैशाख ३ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रको प्रमुखलक्ष्य परियोजनामा लगानी, Syndication, Project Appraisal र नेपालमा अन्यवित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन रहेको छ ।
नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको छ जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ ।
उक्त हस्ताक्षर कार्यक्रम भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंककाप्रबन्ध संचालक सि.एस.सेट्टी, SBICAPS प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयतीबन्सल तथा अन्य संचालकहरु, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे तथा SBI, SBICAPS, NSBLएवं NSMBL का अन्य वरिष्ठ महानुभावहरुको उपस्थिति रहेको थियो ।