मलेसियाविरूद्ध जितका लागि नेपालले पायो २३६ रनको लक्ष्य
काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ ।
निर्धारित ५० ओभरको खेलमा मलेसियाले ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको हो।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिएपछि मलेसिया मध्यम स्कोरमा समेटिएको हो । नेपालका लागि ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।













