एनआइसी एशिया बैंकको मुनाफा ४ अर्ब माथि, अधिकांश सूचकमा सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छ । सार्वजनिक विवतरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ३ अर्ब ६० करोड ४४ लाख ९८ हजार रुपैयाँमा सिमित रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा समेत सुुधार आएको छ । गत आर्थिक वर्षको चोथो त्रैमाससम्ममा ८ अर्ब २५ करोड ८४ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोह अवधिमा खुद ब्याज आम्दानी ११.६० प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख ३३ हजार रुपैयाँ संकलन गरेको छ ।
यस अवधिमा कम्पनीको संचालन नाफामा समेत १३.०९ प्रतिशतको सुधार देखिएको छ । कम्पनीले संचालन नाफा ५ अर्ब ७८ करोढ ३१ लाख १० हजार रुपैयाँ संकलन गरेको छ ।
साथै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ, जगेडा कोष २.६९ प्रतिशतले बढेर १० अर्ब ११ करोड ७१ लाख ९६ हजार रुपैयाँ, कर्जा लगानी ११.६१ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख ३४ हजार रुपैयाँ, निक्षेप संकलन ८.५८ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब ८० करोढ ८७ लाख ४४ हजार रुपैयाँ, वितरण योग्य नाफा ३ अर्ब २ करोड ३१ लाख ६३ हजार रुपैयाँ र खराब कर्जा ०.८५ प्रतिशत रहेको छ
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७६ पैसा, प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा र तरलता अनुपात २०.५१ प्रतिशत रहेको छ ।