एनसीसीसँग मर्जपछि कुमारी बैंकको यस्तो देखियो वित्तीय प्रगति (विवरणसहित) « Arthapath.com
१७ असार २०८२, मंगलबार

एनसीसीसँग मर्जपछि कुमारी बैंकको यस्तो देखियो वित्तीय प्रगति (विवरणसहित)



काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा ०.९७ प्रतिशतले सुधार आएको छ ।

यस त्रैमाससम्ममा बैंकको मुनाफा १ अर्ब ८२ करोड २ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ८० करोड २७ लाख ७१ हजार रुपैयाँ रहेको छ।

चैत समान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशतले बढेर ७ अर्ब ४७ करोड ७१ लाख १६ हजार रुपैयाँ आर्जन गरेकोछ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ४ करोड ७१ लाख १९ हजार रुपैयाँमा सिमित थियो ।

गत आर्थिक तेस्रो त्रैमाससम्ममा २ अर्ब ५८ करोड ९४ लाख २३ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा २८.१८ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ९५ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष १४७.६९ प्रतिशतले बढेर १० अर्ब ४७ करोड ६३ लाख ५९ हजार रुपैयाँ, निक्षेप संकलन ७१.५७ प्रतिशतले बढेर ३ खर्ब ३ अर्ब २८ करोड ६७ लाख ८८ हजार रुपैयाँ, कर्जा लगानी ८०.८१ प्रतिशतले बढेर २ खर्ब ७५ अर्ब ८५ करोड ५९ लाख ११ हजार रुपैयाँ, वितरणयोग्य नाफा २८ लाख ८६ हजार रुपैयाँ र खराब कर्जा ३.९७ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्