प्राइम कमर्सियल बैंकको मुनाफा ९.३५ प्रतिशतले घट्यो, कस्तो छ अन्य सूचक ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको खुद नाफा ओरालो लागेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा ९.३५ प्रतिशतले घटेर २ अर्ब ४६ करोड ७५ लाख ५६ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १८.०७ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड २५ लाख ७३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी भने ४ अर्ब ६३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ९.६४ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड ३९ लाख ४३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ अर्ब ८९ करोड ९८ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड २५ लाद ७५ हजार रुपैयाँ, जगेडा कोष ३४.६० प्रतिशतले बढेर ८ अर्ब ८९ करोड ६७ लाख २९ हजार रुपैयाँ, निक्षेप संकलन ३.८६ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब ३९ करोड १७ लाख २५ हजार रुपैयाँ, कर्जा लगानी ३.४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब १० करोढ ७४ लाख ८ हजार रुपैयाँ, वितरण योग्य नाफा २० करोड १५लाख २० हजार रुपैयाँ र खराब कर्जा ३.०६ प्रतिशत रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको छ ।