विदेश पढ्न जाने नेपाली विद्यार्थी मार्फत बाहिरीने रकमको बढ्दो ग्राफ, विदेशी मुद्रा सञ्चितीमा थप दबाब - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विदेश पढ्न जाने नेपाली विद्यार्थी मार्फत बाहिरीने रकमको बढ्दो ग्राफ, विदेशी मुद्रा सञ्चितीमा थप दबाब



काठमाडौं । विदेश पढ्न जाने नेपाली विद्यार्थी मार्फत बाहिरीने रकम ह्वात्तै बढ्न थालेको छ । पछिल्लो समय मासिक १० अर्ब रुपैयाँ भन्दा बढी रकम यस मार्फत बाहिरीन थालेको देखिएको छ ।

चालु आर्थिक बर्ष २०७९/८० को फागुन मसान्तसम्म (८ महिनामा) यस मार्फत बाहिरीने रकम ८० प्रतिशतले बढेको छ । फागुन मसान्तसम्म यस मार्फत बाहिरीने रकम ५४ अर्ब ७० करोड पुगेको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्याङ्कअनुसार गत आवको सोही अवधिमा ३० अर्ब ३८ करोड रुपैयाँ रकम बाहिरिएको थियो ।

पछिल्लो समय नेपाली विद्यार्थीहरु अष्ट्रेलिया, जापान, लन्डन, अमेरिका, क्यानडा लगायतका देशमा पढ्न जाने क्रम बढेको छ । त्यसको असरले यसमार्फत बाहिरीने रकम वृद्धि भएको हो । फलस्वरुप विदेशी मुद्रा सञ्चितीमा दबाब परेको छ । साथै, अर्थतन्त्रको बाह्य क्षेत्र सम्बन्धी सुचुकहरुमा थप दबाब पर्ने संकेत देखिएको छ ।

पहिला पनि विदेश पढ्न जाने विद्यार्थी मार्फत रकम बाहिरीने गरेको थियो । तर, यो बर्ष डरलाग्दो रुपमा यस्तो रकम बाहिरीएको छ । चालु आवको सरुवाती महिनामा यस मार्फत बाहिरीने रकम ७ अर्ब १३ करोड थियो । कात्तिकमा त्यो ४ अर्ब ७२ करोडमा झरेको थियो । तर, फागुनमा १० अर्ब ७६ करोड रुपैयाँ विदेश पढ्न जाने विद्यार्थीले लगेका छन् ।

बिशेषगरि कोरोना कालमा विदेशी पढ्न जाने विद्यार्थीमा कमी आएको थियो । अहिले कोरोना काल साम्य भएपछि विदेशी पढ्न जाने विद्यार्थीको चाप बढेको छ । सोही कारण यस मार्फत पैसा ह्वात्तै बढेको हो ।

कुन महिना कति बाहिरियो ?

विदेश पढ्न जाने नेपाली विद्यार्थी मार्फत बाहिरीने रकम बढ्दो छ । पछिल्लो समय मासिक १० अर्ब रुपैयाँ भन्दा बढी रकम यस मार्फत बाहिरीन थालेको देखिएको छ ।

चालु आवको पहिलो महिना अर्थात साउनमा यस मार्फत कुल ७ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार भदौ र असोज महिनामा भने घटेको देखिएको छ । यी महिनाहरुमा क्रमशः ५ अर्ब ६३ करोड र ५ अर्ब १३ करोड रुपैयाँ रकम बाहिरिएको छ ।

कात्तिक महिनामा भने झन घटेर ४ अर्ब७२ करोड रुपैयाँमा झरेको देखिएको छ । तर, त्यसपछिका महिनाहरुमा भने बढ्दै गएको छ । तथ्याङ्कअनुसार मंसिरमा ६ अर्ब २० करोड, पुसमा ६ अर्ब ५५ करोड र माघ महिनामा १ अर्ब ८३ करोड रुपैयाँले बढेको देखिएको छ । सो महिनामा ८ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको छ ।

स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्