८ श्रावण २०८३, शुक्रबार

पैसाको जोहो गर्नुहोस् है ? ईङवा हाइड्रोपावरको आइपीओ भोलि देखि आउदैं



काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भोलि (बैशाख १३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँट समेत गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। तर, आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी सेयर निष्काशन गर्न लागेको हो ।

अब कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्नेछ ।

सो सेयरमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । यस्तै, २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ छिटोमा बैशाख १७ गतेसम्म बिक्रीमा रहने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा भने आगामी बैशाख २७ गतेसम्म दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्