माई खोला हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँको संकलन भएकोछ । आज अन्तिम दिन (वैशाख १२ गते) सम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् । जसन माग भन्दा ११.६६ गुणा बढी आवेदन हो ।
कम्पनीले बैशाख १० गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीको जारी पूँजी ९ करोड २१ लाख ५८ हजार ८०० रुपैयाँको ४९ प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा विक्री गर्न अनुमति धितोपत्र बोर्ड पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँट गरिसकिएको छ भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ ।
अब सर्वसाधारणका लागि बाँकी रहेको सेयरमध्ये पनि ५ प्रतिशत दरको ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २ प्रतिशत दरको ३० हजार ५८८ कित्ता सेयर कर्मचारीमा बाँडफाँट गरिसकेको कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













