३१ श्रावण २०८३, आइतबार

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुनको निरन्तरता



काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन नियुक्त भएका छन् । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको हो ।

बैशाख १२ गते नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण बहादुर अधिकारी र डा.महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे ।

उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोग प्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्री वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए। त्यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडर को रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।