ऋण भुक्तानीका लागि २७ अर्ब रकमान्तर: ३७ निकायलाई साढे ३१ अर्ब निकासा, मल अनुदानमा थप ३ अर्ब - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ऋण भुक्तानीका लागि २७ अर्ब रकमान्तर: ३७ निकायलाई साढे ३१ अर्ब निकासा, मल अनुदानमा थप ३ अर्ब



काठमाडौं । सरकारले एक महिनामा १ अर्ब ७९ करोड रुपैयाँ बढी रकमान्तर गरेको छ । चैत महिनामा सरकारले १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ बढी रकम रकमान्तरण गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी र शहरी विकास मन्त्रालय अन्तर्गतका बजेट रकममान्तर भएको अर्थमन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । चैत महिनामा पुँजीगत तर्फ १ करोड भन्दा बढीको एक बजेट उपशीर्षबाट अर्को बजेट उपर्शीषकमा रकमान्तरण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका बुढी गण्डकी जलविद्युत आयोजनाका लागि छुट्याइएको १९ करोड नदी नियन्त्रण उपशीर्षकमा रकमान्तर गरिएको छ ।

यस्तै, सोही मन्त्रालय अन्तर्गतको पालुङटार–कुण्डुटार सिंचाई आयोजनाका लागि छुट्याईको ३ करोड ६४ लाख, सिंचाई पुनस्र्थापना आयेजना (कुवेत फण्ड) ३ करोड ९० लाख, बुढी गण्डकीकै नदी नियन्त्रण, बृहत सरकारी सिंचाई योजनाको पुनस्र्थापना तथा व्यवस्थानपनका लागि २ करोड १० लाख रुपैयाँ रकमान्तरण भएको छ ।

३७ निकायलाई थप ३१ अर्ब ४१ करोड बजेट निकासा, ऋण तिर्न २७ अर्ब रकमान्तर

सरकारले चैत महिनामा ३७ निकायका लागि साढे ३१ अर्ब बजेट निकासा गरेको छ । सो महिनामा अर्थविविधाबाट थप ३१ अर्ब ४१ करोड १५ लाख रुपैयाँ बढी बजेट निकासा भएको हो ।

अर्थमन्त्रालयका अनुसार सरकारले आन्तरिक ऋण भुक्तानीका लागि मात्रै २७ अर्ब रुपैयाँ रकमान्तर निकासा गरेको हो । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ३ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ बजेट निकासा भएको छ । लागत सहभागिताको आधारमा कृषकहरुलाई अनुदानमा रसायनिक मल उपलब्ध गराउने प्रयोजनका लागि सो बराबरको बजेट निकासा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, बहुवर्षीय आयोजनालाई ४८ करोड बढीको बजेट सहमति दिइएको छ । चैत महिनामा बन तथा वातावरण मन्त्रालयको राष्ट्रिय हरवोरियम भवन निर्माण गोदावरीलाई ४० करोड ५० लाख रुपैयाँ बजेट सहमति दिइएको हो । सो कार्यक्रमलाई ७० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सामाखुशी टोखा गुज्रे सकड आयोजनाका लागि ७ करोड ७२ लाख बजेट सहमित दिइएको छ । सो आयोजनाका लागि विनियोजित बजेट ६ करोड रुपैयाँ थियो ।

यस्तो छ चैत्र महिनामा आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिको विवरण


प्रतिक्रिया दिनुहोस्